रसुवा – आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले गाउँ सहरमा राजनीतिक सरमर्गी बढाएको छ । राजनीतिक दलका नेता र उम्मेदवार यतिबेला मतदाता रिझाउँदै गाउँ–गाउँ, बस्तीबस्तीमा पुगिरहेका छन् ।
उम्मेदवार तथा नेता कार्यकर्ता प्रचार सामग्री बोकेर गाउँ–गाउँ, बस्तीबस्तीमा पुगेर भोट मागी रहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला रसुवामा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस र माओबादीका उम्मेदवारहरु भोट माग्न गाउँ–गाउँ, बस्तीबस्तीमा पुगिरहेका छन्।
गठबन्धनका तर्फबाट रसुवामा प्रतिनिधिसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य , प्रदेश क मा कांग्रेस नेता प्रभात तामाङ र प्रदेश ख मा माओबादी केन्द्रका केन्द्रिय सदस्य ईन्द्र गोतामे जगतजंग उम्मेदवार हुनुहुन्छ।
पाँचवटा गाँउपालिका रहेको रसुवामा झण्डै ३९ हजार पाँच सय ४९ मतदाता रहेका छन्।।
