बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ३, २०७९
  • 404
    SHARES

रसुवा – यहि मंसीर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्बाचनका लागि रसुवा जिल्ला भर मतदानस्थल र मतदान केन्द्र निर्माणको काम सम्पन्न भएको छ भने मतगणना गर्ने स्थान समेतको निमार्णको कार्य पुरा भएको मुख्य निर्बाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।

सदमुकाम धुन्चेमा मतगणना गरिने गरि निर्बाचन आयोगले दिएको मापदण्डमा रहिमतगणना गर्ने स्थालमा सिसि क्यामरा जडानका साथै पत्रकार कर्नर,उमेदबारका प्रतिनिधि तथा सुरक्षा कर्मी रहेने स्थान समेत निमार्ण गरिएको छ भने मुख्य निर्बाचन अधिकृतको कार्यालय रसुवाको भनाई छ ।

यसैगरि अपांगता भएका व्यक्ति तथा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदातालाई सहज हुने गरी मतदान केन्द्र निर्माण गरिएको कार्यालयले जनाएको छ । स्वतन्त्र निष्पक्ष तथा भय रहित तवरले निर्बाचन सम्पन्न गर्न सुरक्षाकर्मी सबै मतदान स्थलहरुमा पुगि सकेका छन भने निर्बाचन सम्पन्न पश्चात मत पेटिका ढुवानीका लागि आबस्यक ब्यबस्था मिलाई सकिएको प्रमुख जिल्ला अधिकारी नबराज जैशीले बताउनुभएको छ । यसैगरि सुरक्षीत तवरले मतदान स्थल सम्म आउन मतदाताहरुका लागि समेत मोवाईल गस्ति टोलीले सुरक्षा प्रदान गर्ने ब्यबस्था मिलाईएको प्रजिअ जैशीले जनाकारी दिनुभयो ।

एक निर्बाचन क्षेत्र रहेको यस जिल्लमा निर्वाचनका लागि चार सय बाइस जना कर्मचारी खटाईएकोे छ । जिल्लामा चौतीस मतदान स्थल र बाउन्न मतदान केन्द्र रहेका छन भने दुई अस्थायी मतदान केन्द्र छन जिल्लामा उनानचालिस हजार चार सय उनानसाठी मतदाता रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)