आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट: विश्व स्वास्थ्य संगठन


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १३, २०७७
  • 414
    SHARES

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ हालसम्म घोषणा गरिएको सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट भएको बताएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालीन समितिको समीक्षाका क्रममा सो निस्कर्ष निकालिएको हो ।

विश्वमा इबोला, जिका, पोलियो र स्वाइन फ्लुले पनि विश्वव्यापी संकट निम्त्याएको डब्लुएचओको भनाई छ । विश्वमा गएको जनवरी महिनायता मात्रै १ करोड ६६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसै गरी ६ लाख ५५ हजारभन्दा बढी मानिसको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्दा चीन बाहेकका मुलुकमा १ सयभन्दा पनि कम मानिसमा संक्रमण फैलिएको थियो भने एक जनाको पनि मृत्यु भएको थिएन । कोभिड-१९ ले विश्व नै परिवर्तन गरेको छ । यसले व्यक्ति, समुदाय र देशहरु आपसमा मिलेर यस संकट विरुद्ध लड्न प्रेरित गरेको डब्लु एच ओ को ठहर छ ।

पछिल्लो ६ हप्तामा कोरोना संक्रमणको दर दोब्बर वृद्धि भएको छ । विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख १२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यसै गरी बतेको २४ घन्टामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि झण्डै ४ हजारको हाराहारीमा छ । यो संख्या विगत केही दिनको तुलनामा कम हो । विश्वमा कोरोना संक्रमणका कारण संयुक्त राज्य अमेरिका, ब्राजिल र भारत सबैभन्दा प्रभावित छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)