आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना सङ्क्रमितको संख्या १६ लाख नाघ्यो


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १६, २०७७
  • 418
    SHARES

नयाँदिल्ली।  भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ ।

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ४५ हजार ३१८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ ।

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना सङ्क्रमित अवस्थामा रहेका र ३ हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)