बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश नंं १को प्रदेशसभाअधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न सिफरिस


  • माउन्टेन खबर
  • सोमवार, पुस ११, २०७९
  • 280
    SHARES

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा, १६६ को उपधारा ९२० बमोजिम प्रदेशप्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)