बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


  • माउन्टेन खबर
  • आइतवार, पुस २४, २०७९
  • 359
    SHARES

काठमाडौँ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।

एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज समेत रहेका कार्कीलाई प्रदेशसभाका ६० सांसदहरूको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी प्रदेशका चौथो मुख्यमन्त्री हुन् ।

कार्कीले एमालेसहित माओवादी, राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्तागठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना गरी कुल ६० सांसद छन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले भोलि पद तथा गोपनीयताको शपथ लिने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)