बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज सपथ लिदै, मन्त्रिपरिषद् पनि विस्तार गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २६, २०७९
  • 403
    SHARES

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन ।

सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मङ्गलवार बिहान ९:३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउन लागेका हुन्।

शपथ लिएलगत्तै उनले तीन सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। उनले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सरकारमा लैजान लागेका हुन्।

थपलियाले अर्थ मन्त्रालय सम्हाल्न छन् भने थापाको मन्त्रालय अझै टुङ्गिएको छैन। जम्कट्टेलले आफूलाई समर्थन गरेका दलहरूसँगको छलफलपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)