आइतवार, बैशाख २३, २०८१

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 164
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो ।

राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बस्न लागेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

आजको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले छलफललाई तीव्रता दिएको हो ।

१० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउनपर्ने बताउँदै आएको छ।

यद्यपि सत्तारुढ गठबन्धनमा भने नेकपा एमालेले आफ्नो भागमा परेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिने बताएको छ। यसबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }