बिहिबार, बैशाख २०, २०८१

शिक्षा नीतिमा परिवर्तन गर्नुपर्छ : काँग्रेस नेता प्रदीप पौडेल


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २८, २०७९
  • 198
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उहाँले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभएको हो ।

“सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो । प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उहाँको भनाइ थियो ।

नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य कल्पना शर्माले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीन वटै पक्षको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

विद्यालयका प्राचार्य मीनकुमार कोइरालाले विद्यालयले पढाइमात्र नभएर अतिरिक्त क्रियाकलापलाई समेत अगाडि बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }