मङ्लबार, बैशाख २५, २०८१

नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 168
    SHARES

काठमाडौं  ।नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडाैंमा १ कार्यक्रम आयाेजना गरी कोषले आफ्नाे ३३ औं वार्षिकाेत्सव मनाएकाे हाे ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व सचिव डा. रामप्रसाद घिमिरेले अन्य वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नु पर्नेमा जाेड दिए । यस्तै काेषका अध्यक्ष डा.  सुर्य बहादुर थापाले कोषलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने बताए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा काेषकाे लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेकाे छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयर/धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }