बुधबार, बैशाख २६, २०८१

मेयर्स कपः ललितपुर बाहिरियो


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 162
    SHARES

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो।

ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९.२ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक जित निकालेको हो।

मधेसका लागि सरस्वती चौधरीले ३२ रन बनाइन्। ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन्। सिमा कँुवरले १५ रन बनाईन। ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २÷२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १÷१ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो। ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाउँदा सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रनको पारी खेलिन्। लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाइन्। मधेसका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिइन्।

प्रतियोगिता अन्तर्गत सोमवार नै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित ग¥यो। सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाएर भेटाएको हो। जवाफी ब्याटिङ गर्ने क्रममा काजल श्रेष्ठले अविजित ४० तथा अप्सरी बेगमले अविजित ४ रनको पारी खेले। यसअघि कप्तान रुबिना क्षेत्रीले २८ रनको योगदान गरेकी थिइन् । एक मात्र विकेट कवित जोशीले लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोडेको थियो। सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाउँदा सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रनको पारी खेलिन्। सुदूरपश्चिमका पाँच खेलाडी शुन्यमा पवेलियन फर्किएका थिए। बलिङतर्फ रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३÷३ विकेट लिए। ज्योती दनुवारले १ विकेट निकालिन्। प्रतियोगितामा मंगलवार एपिएफ क्लव र ललितपुर मेयर्स–११ तथा कोशी र मधेस प्रदेशबीच खेल हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }