बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाका: ३ वर्षपछि मानव आवागमन खुला


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १८, २०७९
  • 387
    SHARES

काठमाडौं । ३ वर्षपछि रसुवागढी नाकाबाट मानव आवागमन खुला भएको छ । चीनले आज बाट रसुवागढी नाकाबाट स्थलमार्ग हुँदै पर्यटक आवागमन खुला गरेको हो ।

नेपाल सरकारले कोभिड-१९ महामारीका कारण २०७६ चैत ११ गते सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको थियो ।

नाकाबाट चीन प्रवेश गरेको नेपाली टोलीलाई स्वागत गर्दै नेपालका लागि चिनियाँ राजदूत छेन सङले दुईतर्फी रुपमा मानिसको आवागमन खुलाले द्विपक्षीय सहयोग र जनताबीचको सम्बन्ध अझ गहिरो हुने उल्लेख गर्नुभएको नेपाल स्थित चिनियाँ दूतावासले जनाएको छ ।

गत बिहिबार सुवागढी र केरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको थियो ।

कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)