बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी सरकारको वैधानिकतामाथी आजदेखि बहस सुरु


  • माउन्टेन खबर
  • आइतवार, साउन ७, २०८०
  • 401
    SHARES

काठमाडौं । कोशी प्रदेश सरकार गठनलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ ।

कोशी सरकार गठन असंवैधानिक भन्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार विपक्षीले लिखित जवाफ पेस गरेसँगै आजदेखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर जोडेर सरकार गठन गरेपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुखको समेत हस्ताक्षरमा गठन गरेको सरकार असंवैधानिक भन्दै एमालेले खारेजीको माग गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)