बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठन


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ७, २०८०
  • 222
    SHARES

मनहरी । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनःगठन एर्व कार्यविभाजन गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसबमोजिम मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गर्नुभएको हो ।

बागमती प्रदेश सरकारमा बहादुरसिं लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, तीर्थबहादुर लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपक्षी मन्त्रालय, लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, पुकार महर्जनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ ।

सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)