मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सञ्चालित सेवा सुविधालाई थप गुणस्तरीय एवं दिगो बनाउने कर्मचारी सञ्चय कोषको प्रतिबद्धता


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३१, २०७७
  • 534
    SHARES

काठमाडौं, ३१ भदौ । कर्मचारी सञ्चय कोषले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा कोषद्वारा सञ्चालित सेवा सुविधा थप गुणस्तरीय एवं दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ५९ वर्ष प्रवेशको अवसरमा आफ्ना सम्पूर्ण सञ्चयकर्ता एवं निवृत्तिभरण योजनाका योगदानकर्ताको सन्तुष्टिप्रति सदैव प्रतिबद्ध रहने संकल्पसहित कोषले उक्त उद्घोष गरेको हो ।

कोषले निवृत्तिभरण र सञ्चय कोषमा वार्षिक ७ प्रतिशत ब्याज दिँदै आएको छ । यसैगरी सापटी सुविधा अन्तर्गत विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा र घर मर्मत सापटी प्रदान दिँदै आएको छ ।

यस्तै सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्ताले साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू. १ लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रू. १० लाखसम्म शोधभर्ना पाउने व्यवस्था र साथै सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अनुसार कोषबाट प्रतिप्रसूति रू. ७५०० प्रदान गरिँदै आएको छ ।

यस्तै दुर्घटना क्षतिपूर्ति योजना अन्तर्गत निज वा निजको हकवालालाई रू. २ लाख र काजक्रिया अनुदान हकवालालाई रू. ४० हजार प्रदान गरिने उल्लेख छ । यसैगरी २०७६ साउन १ गतेपछि स्थायी नियुक्ति हुने नेपाल सरकारका कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सार्वजनिक निकायका कर्मचारीका लागि योगदानमूलक निवृत्तिभरण योजना सञ्चालनमा रहेको कोषले जानकारी दिएको छ ।

हालसम्म कर्मचारी सञ्चय कोषको मौज्दात ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा बचत कोष ३० अर्ब ७५ करोड रुपैयाँको रहेको छ । यसैगरी कुल स्रोत ३ खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ रहेको कोषले कुल ३ खर्ब ८२ अर्ब ५४ करोड लगानी गरेको छ । यस्तै कोषको हालसम्मको दायित्व ५ अर्ब ३३ करोड रहेको छ भने निवृत्तिभरण कोष ४७ करोडको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }