शनिबार, बैशाख २२, २०८१

इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँः इरान


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ११, २०८१
  • 44
    SHARES

 

एजेन्सी ।   इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले इजरायलले अर्को गल्ती गरे इरानको देशले कठोर प्रतिक्रिया दिने चेतावनी दिनुभएको छ ।

सिरियामा रहेको इरानी वाणिज्य दुतावास विरुद्ध अप्रिल १ मा भएको घातक इजरायली हमलाको जवाफमा इरानले इजरायल विरुद्ध हालै गरेको ठूलो प्रतिकारात्मक सैन्य कारबाहीमा टिप्पणी गर्दै उहाँले राजधानी तेहरानमा सो टिप्पणी गर्नुभएको हो । कनानीले इरानको कुटनीतिक परिसरमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानून र नियमहरूको आक्रामक उल्लङ्घन भएको बताउनु भयो । उहाँले तेहरानले आफ्नो प्रतिशोधात्मक अपरेशन समाप्त भएको र यसको उद्देश्यहरू हासिल भएको ठानेको भन्दै यदि इजरायलले अर्को गल्ती गरे इरानको प्रतिक्रिया कठोर र अधिक निर्णायक हुने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }