आइतवार, बैशाख २३, २०८१

लामो दुरीको यातायात सञ्चालन 


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०७७
  • 781
    SHARES

काठमाण्डौ,१ असोज। कोभिड–१९ संक्रमणको जोखिमका कारण करिब ६ महिनादेखि बन्द रहेकोे लामो दुरीका सार्वजनिक यातायात बिहीबारबाट सञ्चालनमा आएका छन् । त्यससँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा विहानैदेखि चलपहल सुरु भएको छ । बसपार्क खुलेको पहिलो दिन बसपार्क व्यवस्थापनले औषधि छर्केर निःसंक्रमण गरेको छ । यस्तै, आजैबाट कम्युटर प्रणालीमार्फत टिकट बुकिङ समेत खुल्ला भएको बसपार्क व्यवस्थापनले बताएको छ ।

कोरोना महामारीको जोखिमका बीच बिहीबारबाट सबै प्रकार सार्वजनिक यतायात सञ्चालनमा आएका छन् । करिब ६ महिना बन्द रहेको लामो दुरीका यातायात समेत सञ्चालनमा आएको छ । त्यसैले आज काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा विहानै देखि चहलपहल देखिएको छ । यात्रुहरुको चहलपहल सुरु भएसँगै नयाँ बसपार्क क्षेत्र वरिपरि निसंक्रमण गर्ने काम भएको छ । यात्रुहरुको सुरक्षालाई ध्यान दिदैं बसभित्र समेत औषधि छर्किएको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रुहरुको सुरक्षालाई ध्यान दिदैं बसपार्क क्षेत्रमा भौतिक दुरी कायम गर्न मार्किङ्ग गर्ने, र्यलिङ्ग राख्ने, तथा विद्युतिय प्रणालीमाफ्त टिकट बुकिङ गर्न सकिने व्यवस्था पनि गरेको छ । ल्होत्से बहुउद्देश्यीयका जनशक्ति व्यवस्थापक पंकज मल्लले कोरोनाको जोमिखलाई अवसरको रुपमा लिदैं बिहीबारबाट विद्युतिय प्रणाली मार्फत टिकट बुकिङ गर्न सक्ने व्यवस्था सुरु गरिएको बताउनुभयो । उहाँले विस्तारै टिकट काट्नकै लागि बसपार्कसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने गरी अनलाइनबाटै टिकट काट्न सक्ने गरी तयारी भइरहेको बताउनुभयो ।

बिहीबार लामो दुरीको यातायात सञ्चालनमा आएको पहिलो दिन यात्रुहरुको चाप भने सामान्य रहेको छ । नेपाल यातायात मजदुर संघका उपाध्यक्ष सुमन लामाले ५० प्रतिशत बढी भाडा लिएर सरकारले तोकेको मापदण्ड अनुसार नै यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म लैजाने वातावरण निर्माण गरिएको बताउनुभयो ।

काठमाडौंको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खु लगायतका क्षेत्रबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । ती क्षेत्रमा पनि बिहीबार देखि मानिसहरुको चहलपहल बढेको देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }