सोमवार, बैशाख २४, २०८१

लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको छ :सभामुख


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ६, २०७७
  • 652
    SHARES

काठमाण्डौ,६ असोज।
संघीय संसद प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

मंगलबार प्रेस काउन्सिलले आफ्नो एकाउन्नौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको अभ्यास ठिक तरिकाले भए नभएको सम्बन्धमा समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो । लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण गर्ने सम्बन्धमा देखिएका चुनौतिहरुका कारण लोकतन्त्रको अभ्यास ठिक तरिकाले भयो भएन समिक्षा आवस्यक भएको उहाँको भनाई छ । पछिल्लो समय विकास भएका प्रवितिको सकारात्मक पक्ष र नकारात्मक पक्षले गर्दा लोकतन्त्रको कर्यान्वयनमा चुनौति बढेको पनि सभामुख सापकोटाले बताउनुभयो । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा राज्यका निकायहरु र नागरिकको समेत भूमिका बढेको बताउनुभयो । त्यसका लागि जनतालाई केन्द्रमा राखेर लोकतन्त्रको अभ्यास गर्नुको विकल्प नरहेको पनि सभामुख सापकोटाले स्पस्ट पार्नुभयो । त्यसका लागि संघीय संसदलाई जीवन्त बनाइराख्न आफुले जोड दिइरहेको उहाँले बताउनुभयो ।

सभामुख सापकोटाले नागरिकसम्म सूचना पु¥याउन प्रेसले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो । आफु शिक्षा र प्रेस प्रति नजिक रहेर काम गर्ने मौका पाएकाले पनि प्रेसको महत्व बुझेको बताउँदै लोकतन्त्रका अभ्यासलाई अझबढी प्रभावकारी बनाउन प्रेसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा विशेष योगदान पु¥याएका २७ जना पत्रकारहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरेको छ । जसमा प्रेस काउन्सिल ‘युवा पत्रकारिता पुरस्कार २०७७’ लमजुङकी शान्ता कमली, कास्कीकी राधिका कँडेल, दैलेखका शेरबहादुर थापा, दैलेखका दिपेन्द्र वली, उदयपुरका रेणु पराजुली, रोल्पाका देवीकुमारी गुरुङ, धनुषाका राजनकुमार सिंह, काठमाडौंकी कमला श्रेष्ठ, सप्तरीका राजु श्विकर्मा, मकवानपुरका गिरिजा अधिकारी, कैलालीका गणेश चौधरी, रामेछापका माधवप्रसाद पौडेल, चितवनका सुरेशचन्द्र अधिकारी र इलामका सटेन्द्रकुमार जबेगु सम्मानित हुनुभएको छ ।

यस्तै ‘प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार २०७७’ बाट काठमाडौंकी नितु पण्डित, कास्कीकी दिपेन्द्र श्रेष्ठ, काठमाडौंका उमेश श्रेष्ठ र ऋषि धमला, राजन कार्की, धनुषाका धर्मेन्द्रकुमार कर्ण र झापाका गोविन्दचन्द्र क्षेत्री सम्मानीत हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }