आइतवार, बैशाख २३, २०८१

नेपाली काँग्रेस

संसदको विशेष अधिवेशन माग गर्ने काँग्रेसको निर्णय

देशमा व्यापक मात्रामा भ्रष्टाचार बढ्यो, कोभिड १९को रोकथाम र नियन्त्रणमा सरकार असफल


  • माउन्टेन खबर
  • बुधबार, अशोज १४, २०७७
  • 330
    SHARES

काठमाडौं ,१४ असोज। नेपाली काँग्रेसले वर्तमान अवस्थामा सरकारले कोभिड १९को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक मात्रामा भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठानका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको बैठकले बढ्दो भ्रष्टाचार तथा बेथितिको अहिलेको अवस्थामा पनि सरकार मौन रहेको, नागरिकको बेरोजगारीका साथै कोभिडले निम्त्याएका विविध विषयमा परेका जनताका मर्कामा पनि सरकारले कुनै काम गर्न नसकेको भन्दै सरकारलाई दबाब दिनका लागि संसदको विशेष अधिवेशन बोलाउनुपर्ने निष्कर्षमा पुगेको हो ।

यसका लागि काँग्रेसको संसदीय दलको बैठकको आह्वान गरी सोहीमार्फत अघि बढ्ने निर्णय भएको काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दनुभयो ।

उहाँले आजको सो बैठकमा नेपाली काँग्रेसमा आएको पार्टीभित्रको विरोध पत्रका बारेमा पनि कुराकानी भएको र सो विषयमा र सरकार तथा अरु पनि समसामयिक विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल गर्नेगरी छलफलका एजेण्डाहरु पनि तय भएको जानकारी दिनुभयो ।

साथै नेपाली काँग्रेसले वर्तमान सरकारका ज्यादतिका विरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा महतले बताउनुभयो ।

काँग्रेसले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने भएको हो । यस बारेमा पनि आजको सो बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }