आइतवार, बैशाख २३, २०८१

मन्त्री परिषद्

डा. गोविन्द केसीका अधिकांश माग पुरा हुने चरणमा रहेको :सरकारका प्रवक्ता


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 542
    SHARES

काठमाण्डौ,१५ असोज। सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा. गोविन्द केसीका अधिकांश माग पुरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोडन आग्रह गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्याग्रहमा बस्नु भएका डा. केसीले राख्नु भएका चिकित्सा शिक्षा सुधारको सबै माग पुरा हुने चरणमा रहेकोले सत्याग्रह तोडन आग्रह गर्नुभएको हो ।

डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिन देखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाडौंको त्रि.वि. शिक्षण अस्पतालमा रहनुभएको छ ।

मन्त्री ज्ञवालीले डा. केसीले उडाउनुभएका मागहरु पुरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । डा. केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो । त्यस्तै चिकित्सा शिक्षाका लागि गत आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेजहरु खोल्न राखेको माग अनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताउनुभयो ।

अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो । पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाई हाल सम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारिको अवस्थामा पुरा भइसकेका विषयलाई माग बनाएर दावाव नदिन मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }