आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेश :मन्त्रिपरिषद पुनर्गठन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ५, २०८०
  • 285
    SHARES

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेर उनले एमाले नेतालाई सरकारमा सहभागी गराएका हुन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै मुख्यमन्त्री यादवले प्रदेशमा पनि मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मन्त्रीमा नियुक्त गरेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ ।

यसअघि जनमत पार्टीका दुई सांसदले सरकार छाडेका थिए । मधेस सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री पनि खाली भएपछि मुख्यमन्त्रीको जिम्मामा पाँच मन्त्रालय छन् ।

एमाले नेता सरोजकुमार यादव २७ पुस २०७९ मा मधेशको भौतिक पूर्वाधार मन्त्री बनेका थिए । तर केन्द्रमा गठबन्धन फेरिएपछि एमाले सरकारबाट बाहिरिएको थियो । नेकपा एमालेले ४ वटा मन्त्रालय पाउने स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)