आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नोबेल पुरस्कार

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०७७
  • 912
    SHARES

काठमाण्डौ,२० असोज।     यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

नोबेल कमिटीका अनुसार पुरस्कार प्राप्त गर्नेहरूमा अमेरिकी वैज्ञानिकहरूमा हार्भे जे अल्टर र चाल्स एम राइस तथा बेलायतमा जन्मिएका माइकल हटन रहेका छन् ।

हेपाटाइटिस सी ले विश्वभर लाखौं मानिसलाई कलेजोको बिरामी बनाउनुका साथै धेरैको ज्यान लिने गरेको छ ।

ती वैज्ञानिकको खोजले ठूलो संख्यामा मानिसको जीवन बचाउन सकिएको नोबेल कमिटीले ठहर गरेको छ ।

नोबेल पुरस्कारहरू यसै साता घोषणा हुँदैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)