शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डियन प्रिमियर लिग

मंगलबारको खेलमा मुम्बई इन्डियन्सको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा उत्कृष्ट प्रदर्शन

राजस्थान रोयल्स ५७ रनले पराजित


  • माउन्टेन खबर
  • बुधबार, अशोज २१, २०७७
  • 261
    SHARES

दुबई।  रेकर्ड चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सले मंगलबार ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा उत्कृष्ट प्रदर्शन गर्दै राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ ।

यो जितसँगै मुम्बई ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकामा पहिलो स्थानमा उक्लेको छ । ५ खेल खेलेको दिल्ली क्यापिटल्स समान ८ अंक भएपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन बनाएको थियो । मुम्बईका लागि क्वीन्टन डि ककले २३, रोहित शर्माले ३५, सूर्यकुमार यादवले ७९, हार्दिक पान्ड्याले ३० तथा क्रुनाल पान्ड्याले १२ रन बनाएका थिए ।

१९४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्स शुरुदेखि नै दबाबमा थियो । यशस्वी जैसवाल (०), कप्तान स्टिभेन स्मिथ (६), सन्जु सामसन (०), महिपाल लोमरोर (११), राहुल तेबतीया (५), श्रेयस गोपाल (१), अंकित राजपूत (२) बनाएर सस्तैमा आउट भए ।

राजस्थानका लागि जस बटलरले ७० रनको महत्वपूर्ण पाली खेलेका थिए भने जोफ्रा आर्चरले २४ रन बनाएका थिए ।

राजस्थानको पूरै इनिङ १८.१ ओभरमा १३६ रनमै समेटिएको थियो । मुम्बईका जसप्रित बुमराहले २० रन दिएर ४ विकेट लिएका थिए । ट्रेन्ट बोल्ट र जेम्स प्याटिसनले पनि समान २–२ विकेट लिएका थिए ।

मुम्बईका सूर्यकुमार प्लेयर अफ द म्याच घोषित भए ।

बुधबार कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।
(एजेन्सी)

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)