आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नोवल पुरस्कार

साहित्य तर्फको नोवल पुरस्कार अमेरिकी कवयित्री लुइज ग्लकलाई

अमेरिकी समकालीन साहित्यमा कवयित्री ग्लक निकै सुपरिचित नाम


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०७७
  • 952
    SHARES

स्टकहोम। साहित्य तर्फ विश्व प्रसिद्ध नोबेल पुरस्कार यस वर्ष अमेरिकी कवयित्री लुइज ग्लकलाई प्रदान गरिने भएको छ ।

स्वेडिस एकेडेमीले ग्लकलाई कवितामार्फत व्यक्तिगत अस्तित्वलाई सार्वभौम बनाएको जनाएको छ ।  अमेरिकी समकालीन साहित्यमा कवयित्री ग्लक निकै सुपरिचित नाम हो ।

सन् १९४३ मा न्यूयोर्कमा जन्मिएकी ७७ वर्षीया कवयित्री ग्लक हाल म्यासाचुसेट्सको क्याम्ब्रिजमा बस्छिन् । लेखनबाहेक उनी येले युनिभर्सिटीमा अंग्रेजीकी प्राध्यापक पनि हुन् ।

उनले सन् १९६८ पहिलो कृति “फस्र्टबोर्न” प्रकाशन गरेकी थिइन् । उनका हालसम्म १२ वटा कविता संग्रह सार्वजनिक भइसकेका छन् । उनको सन् २००६ मा प्रकाशित कृति “अभर्नो” निकै समुन्नत र गहिराइयुक्त रहेको नोबेल एकेडेमीले जनाएको छ ।

सन् २०१६ मा अमेरिकी कवि बब डायलनले नोबेल पुरस्कार पाएयता साहित्यतर्फ पुरस्कार प्राप्त गर्ने उनी प्रथम व्यक्ति हुन् ।

यसअघि चिकित्सा शास्त्र, भौतिक शास्त्र र रसायत्र शास्त्र विधाका पुरस्कार घोषणा भइसकेका छन् ।

एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)