आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाेबेल पुरस्कार

यस वर्षको नाेबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २३, २०७७
  • 1.2K
    SHARES

ओस्लाे। यस वर्ष सन् २०२० काे नाेबेल शान्ति पुरस्कार राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाइ प्रदान गरिने भएकाे छ । विश्वका युद्धग्रस्त क्षेत्रमा समेत भाेकमरीकाे चपेटामा परेका मानिसलाइ खाद्यान्न पुर्याउने महत्वपूर्ण जिम्मेवारी पूरा गरेकाे भन्दै नर्वेजियन नाेबेल कमिटीले नाेबेल शान्ति पुरस्कार प्रदान गरेकाे जनाएकाे छ ।

नाेबेल कमिटीका अध्यक्ष बेरिट रेइस एन्डरसनले नर्वेकाे राजधानी ओस्लाेमा उक्त पुरस्कार घाेषणा गर्नु भएकाे हाे ।

यस पुरस्कारका लागि ३१८ जना व्यक्ति तथा संस्थाका बारेमा अनुसन्धान गरिएकाे थियाे जसमा २११ व्यक्ति र १०७ संस्था सहभागी थिए ।

हालसम्म याे पुरस्कार १०० व्यक्ति र २४ संस्थाले प्राप्त गरिसकेका छन् । पुरस्कार विजेताले एक कराेड क्राेनर अर्थात ८ लाख ७० हजार पाउन्ड स्टर्लिङ प्राप्त गर्नेछन् ।

एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)