शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपन ग्रान्डस्लामको फाइनलमा पुरानै प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिच वीच प्रतिस्पर्धा


  • माउन्टेन खबर
  • शनिबार, अशोज २४, २०७७
  • 814
    SHARES

पेरिस । फ्रेन्च ओपन ग्रान्डस्लामको फाइनलमा पुरानै प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिच बीच हुने भएको छ ।

गएराति भएका सेमिफाइनलमा दुबै खेलाडीले आफ्ना प्रतिद्वन्द्वीलाई हराएर फाइनलमा पुगेका हुन् । अब फाइनल खेल आइतवार हुनेछ ।

सेमिफाइनलमा जोकोभिचले निकै संघर्षपूर्ण खेलमा पाँचौँ वरियताका ग्रीक खेलाडी स्टेफानोस चिचिपानोसलाई ६-३, ६-२, ५-७, ४-६, ६-१ को सेटमा पराजित गरेका थिए ।

उता, फ्रेन्च ओपनका बादशाह नाडालले अर्जेन्टिनाका डिएगो स्वार्जम्यानलाई तीन सोझो सेटमा सहजै पराजित गरे । नाडालले विश्व ग्रान्डस्लाम १३ पटक जितिसकेका छन् ।

नाडाल र जोकोभिचबीच यसअघि ५५ पटक आमनेसामने भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)