आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेपाल- भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छ’


  • माउन्टेन खबर
  • आइतवार, भदौ २, २०८१
  • 125
    SHARES

धनुषा।   मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

जनकपुरधाममा आज नेपाल फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक कार्यशालामा उहाँले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री सिंहले दुई देशबीचको जनस्तरमा कायम सामाजिक÷सांस्कृतिक सम्बन्धलाई सीमा र राजनीतिक कारणले नछेक्ने भन्नुहुँदै यसलाई थप सुदृढ तथा सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले नेपाल(भारतबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)