शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंक बिच अन्तर बैंक भुक्क्तानी सेवा सम्झौता


  • माउन्टेन खबर
  • बिहिबार, पुस १८, २०८१
  • 117
    SHARES

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र बिगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ्ग सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेड बिच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्नेछन् ।

बिगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्क्तानीका बिभिन्न सेवा दिदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज (SCT) लि. ले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा यसै वर्ष सुुरु गरेको हो । यस सेवा मार्फत बैंक वित्तीय संस्था लगायत रेमिटान्स कम्पनी, ब्रोकर हाउस, बिमा कम्पनी तथा ठुला कर्पोरेटहरुले आफ्ना सेवाग्राहीका नेपालभरीका जुनसुुकै बैंक खातामा सहज र छिटो तवरले रकमान्तर गर्न सक्नेछन् । यस सेवाको सुरुवात पश्चात एभरेष्ट बैंक लिमिटेड मार्फत प्राप्त हुुने भुक्तानी रकम बैंकखातामा ट्रान्सफर अझै छिटोे–छरितो र भरपर्दो बन्ने विश्वास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)