काठमाडौं । भन्सार छलीको किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यानसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सीमावर्ती बजार बैरगनियाबाट २ लाख ७१ हजार ९ सय मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनियाँ , रिफाईन तेल, सेवई सुपारी बोकेको प्रदेश २–००१ च ४००० नम्बरको पिक अप भ्यान प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको गस्ती टोलीले बुधवार गौर स्थित बसपार्क नजिकै चेकजाँचको क्रममा अवैध सामान सहितको उक्त पिक अप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
बरामद गाडी र सामानको कुल ९ लाख ७१ हजार ९ सय रुपैयाँ मूल्याङ्कन गरी चालक गौर नगरपालिका ८ का दिनेश राउत बरै समेत आवश्यक कारबाहीको लागि बुधवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
