बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवन प्रहरीद्वारा रविसहित ३८ व्यक्ति र कम्पनीविरूद्ध अनुसन्धान प्रतिवेदन पेस


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ४, २०८१
  • 278
    SHARES

काठमाडौँ – चितवन प्रहरीले रास्वपा सभापति रवि लामिछाने सहितका ३१ जना व्यक्ति र ७ कम्पनीविरूद्ध अनुसन्धान गरेर तयार पारेको पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको जाहेरीमा अनुसन्धान गरेको प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको अनुसन्धानमा देखिएको छ ।

यस्तै, उक्त सहकारीबाट नेचर हर्ब्स इन्टरनेसनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जिबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

यसअघि गत असोज ८ गते पनि प्रहरीले सहारा सहकारीका पीडितले दिएको जाहेरीको आधारमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)