बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देश विकासको लागि नविन सोचको सम्मान र अनुकुल वातावरण निर्माण आवश्यक:- अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • बुधबार, माघ १६, २०८१
  • 126
    SHARES

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देश विकासको नविन सोचको सम्मान सोही अनुरुपको वातावरण निर्माण आवश्यक भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस उद्यमशीलता तथा साना मझौला व्यवसायी विकास विभागले काठमाडौंमा आयोजना गरेको दुई दिने “नेपालमा स्टार्टअप र साना तथा मझौला सम्मलेन ” मा आफ्नो धारणा राख्दै अध्यक्ष ढकालले अहिलेको विश्व नवप्रतर्वनमुखी सोचबाट अघि बढिरहेको सन्दर्भमा देशको आर्थिक उन्नतीका लागि उद्यमशीलता प्रवर्द्धन , लघु घरेलु तथा साना उद्योगको स्तरोन्नति, औद्योगिक तथा व्यापार पूर्वाधार विकास र नवप्रतर्वनमुखी कार्यक्रममा केन्द्रित हुनुपर्ने बताउनु भयो ।

नेपालमा सम्भावना नै सम्भावना रहेकोले यहाँ सम्भावना छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले सरकारले नीतिगत सुधारका लागि काम गरे निजि क्षेत्र लगानीका लागि तयार रहेको र अहिले अनुकुल वातावरण निर्माण हुँदै आएको समेत बताउनु भयो ।

उहाँले नवप्रवर्तनशील सोच र जोश भएका युवाहरूमा उद्यमशीलताको विकासको लागि सरकार निजी क्षेत्र मिलेर वातावरण निर्माण गरिदिनुपर्ने समेत बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायको प्रवर्द्धनका लागि स्टार्टअप एण्ड ईन्नोभेशन समिति/फोरमहरुहरु स्थापना गर्नुका साथै उनीहरु मार्फत विभिन्न कामहरु गरिरहेको र स्टार्टअपको माध्यमबाट धेरै युवाहरु व्यवसायमा आएको समेत बताउनु भयो ।
“पहिले काम गर्छु भन्दा लगानीको समस्या थियो । अहिले बैंक, वित्तीय संस्था ,भेन्चर कम्पनी तथा व्यक्तिगत रुपमा पनि लगानी गर्ने संस्थाहरु छन । काम गर्न चाहनेका लागि पूजिको अभाव हुँदैन । यो अवस्थामा अहिले उद्द्मशिलता र नवपर्वतनका लागि अवसर छ । यसको सहि उपयोग गर्नु पर्छ ।” उहाँले भन्नु भयो ।

यस्तै उहाँले देश विकासका लागि बाह्य लगानी आवश्यक रहेपनी स्वदेशी पूजीको परिचालनबाट पनि देश विकास गर्न सकिने बताउनु भयो ।

“हामीले धेरै गर्नु पर्ने छ । देश विकासको लागी विदेशी पूजी पनि चाहिन्छ । तर आन्तरिक पूजी परिचालनबाट पनि हामिले पूर्वाधारको विकास तथा अन्य काम गर्न सक्छौ ।” अहिले आन्तरिक पूजी परिचालनबाट पनि केही गर्न सकिन्छ भनेर आफुहरुले १० अर्ब पूजिको पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको र यसबाट विकासका कामहरु शुरु गर्ने तयारी रहेको पनि अध्यक्ष ढकालले जानकारी दिनु भयो ।
अध्यक्ष ढकालले उद्द्मशीलताको लागि नागरिकमा उच्च मनोबलको विकास तथा नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो ।
“महासंघले नीतिगत सुधारको लागि सरकारसंग पैरवी र सुधारका पहल गर्दै आइरहेको छ । त्यसैको फस्वरुप पछिल्लो कतिपय कानून संशोधन तथा परिमार्जन भएका छ्न् । यो सकारात्मक पक्ष हो । यसलाई हामीले स्वागत गरेका छौं । तर यो पर्याप्त छैन । ती कानून कायार्नन्वयनका लागि सोही अनुरुप नियमावली र कार्यविधि आउनु पर्छ । ” उहाँले भन्नु भयो ।

साना तथा मझौला उद्योगहरूले स्थानीय कच्चा पदार्थ र सीपको उपयोग तथा रोजगारी सिर्जना,गर्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आधुनिक प्रविधि र बजार प्रवर्द्धनका लागि पर्याप्त पूँजीको व्यवस्था गरेर साना तथा मझौला उद्योगहरुको विकास गर्न सकिने धारणा राख्नु भयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले पछिल्लो समय गरेका नीतिगत सुधारले निजि क्षेत्र उत्साहित भएको उल्लेख गर्दै उद्योग व्यवसाय प्रवर्द्धनका लागि नीतिगत स्थिरता आवश्यक रहेको बताउनु भयो ।

“अहिले अर्थतन्त्र चलायमान हुन सकेको छैन । बजारमा माग छैन । यसतर्फ ध्यान जान आवश्यक छ । यद्यपि देशको विकासका लागि अरुले गरिदिने होइन हामिले नै गर्ने हो । सरकारले वातावरण निर्माण गरिदिनु पर्छ । निजि क्षेत्र सधैं तयार छ । उहाँले भन्नू भयो ।

उद्योग वाणिज्य महासंघले स्टार्टअप तथा उद्द्मशिलताको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको समेत जानकारी दिनुभयो ।

कार्यक्रमको उदघाटन गर्दै नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले उद्योग व्यवसायको विकासका लागि काङ्ग्रेस सम्मिलित सरकारले नीतिगत सुधारको पहल गरिरहेको बताउनु भयो ।

उहाँले नेपालको आर्थिक समृद्धिका लागि उद्द्मशीलता र नवप्रवर्तनलाई जोड दिनु पर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)