शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दृष्टिविहीन गायिका मन्दिरा थापा मगर ‘कल कल बगेको खोली’ (भिडियो सहित )


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २२, २०८१
  • 127
    SHARES

काठमाण्डौं-  नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द हमालको युटुव मार्फत सार्वजनिक भएको छ ।

गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफनो प्रेमी आफनो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियोमा रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र  जुना विश्वकर्माको अभियन रहेको छ ।

‘कल कल बगेको खोली’ गीतको पुरा भिडियो 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)