मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना संक्रमण परीक्षण सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २, २०७७
  • 598
    SHARES

काठमाडौं । राजधानीको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना संक्रमण परीक्षण सुरु भएको छ । अपार्टमेन्टमा बस्ने दुई व्यक्तिमा कोरोना संक्रमण भएको देखिएपछि त्यहाँ बस्ने सबैको परीक्षण सुरु गरिएको हो ।

अपार्टमेन्टमा लण्डनबाट आएर बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोरोना संक्रमण नदेखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए को छ ।

संक्रमितहरुको पाटन अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ ब्लकमा बस्दै आएका थिए। अपार्टमेन्टमा ४०० भन्दा बढी परिवार बस्दै आएका  छन् ।

हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएका प्रहरी टोलीले अपार्टमेन्टलाई घेराबन्दी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)