बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

५४ अङ्कले घट्यो नेप्से


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ९, २०८१
  • 343
    SHARES

काठमाडौँ-  गत हप्ता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको छ । आज नेप्से परिसूचक ५४ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय १४ दशमलव ६८ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव शून्य चार प्रतिशतको गिरावट हो ।

आज तीन सय १७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता शेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ समूह एक दशमलव ४७, विकास बैंक दुई दशमलव ४२, वित्त दुई दशमलव ९९, होटल तथा पर्यटन दुई दशमलव २३, जलविद्युत् दुई दशमलव ३३, लगानी दुई दशमलव शून्य पाँच र जीवन बिमा समूह एक दशमलव ८५ प्रतिशतले घटेको छ ।

यसैगरी उत्पादन तथा प्रशोधन एक दशमलव ४६, लघुवित्त दुई दशमलव ३६, म्युचुअल फण्ड शून्य दशमलव ६४, निर्जीवन बिमा दुई दशमलव शून्य सात, व्यापार दुई दशमलव ८५ र अन्य समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव ७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ४२ करोड छ लाख ३४ हजार नौ सय ८१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार तीन सय ७१ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)