बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रचारबाजी गरेर स्थापित हुन खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: मन्त्री खड्का


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०८१
  • 175
    SHARES

काठमाडौँ –  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबिच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिस्पर्धा चलिरहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबिच होडबाजी चलिरहेको बताउनुभएको हो । उहाँले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिस्पर्धा गर्न आग्रह समेत गर्नुभयो । उहाँले कर्मचारीहरूले कानुन र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिनुभयो । उहाँले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत सबैको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहिँ स्वेच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयङ्कर स्थापित गर्नु छ । प्रचारबाजी गर्नु छ, मिडियाबाजी गर्नु छ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहिँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कही पु¥याउँदैन । साँच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौँ मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ । काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईँहरूको पनि ध्यान जाओस् ।’

उहाँले सरकारले २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताउनु भयो । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत अगामी २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लगायतका लक्ष्य रहेका छन् ।’

उहाँहरूले गरिब र विपन्न वर्गले महसुल तिर्न नसकेकै कारण विद्युत्को पहुँचबाट वञ्चित हुन नपरोस् भन्नको लागि प्रतिमहिना ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)