शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विदेशमा रहेकाले स्वदेशमा भएका परिवारका लागि ग्राण्डीमा स्वास्थ्य सेवा  खरिद गर्नसक्ने


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १४, २०८२
  • 270
    SHARES
काठमाडौँ, १४ वैशाख । विदेशमा रहेका नेपालीले स्वदेशमा रहेका आफ्नो परिवारको स्वास्थ्यसेवाका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य सेवाको प्याकेज खरीद गर्न पाउने भएका छन् ।
उक्त सेवाका लागि साइबर नेटिक्स र ग्राण्डी अस्पतालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झदारीअन्तर्गत, दुवै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका आफ्ना बिरामी आमा–बुवा तथा अन्य परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् ।
जसले विश्वभरि रहेका छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरिद गरी आफ्नो नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन् । उक्त प्याकेजअन्तर्गत विशेषगरी पूर्ण स्वास्थ्य परीक्षण , प्याथोलोजी सेवाहरू, निवारक तथा अग्रिम उपचार सेवा, फिजियोथेरापी, अर्थोपेडिक, न्युरोलोजी, कार्डियोलोजी तथा अन्य स्वास्थ्य परिक्षणको सुबिधा लिन सकिने अस्पतालले जनाएको छ ।
सम्झौतापत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबर नेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गर्नुभयो ।समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)