बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्य घट्दो क्रममा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २१, २०८२
  • 286
    SHARES
काठमाडौँ-  साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)