बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

करिब ७८ प्रतिशतले घट्यो बाह्य पर्यटक आगमन


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०७७
  • 748
    SHARES

काठमाडौं। कोभिड महामारीका कारण नेपालमा बाह्य पर्यटक आगमन व्यापक मात्रामा घटेको देखिएको छ । नेपालमा बढी मात्रामा पर्यटक आउने मुलुकहरू अमेरिका, यूरोप लगायत महामारीका कारण नराम्ररी प्रभावित हुँदा पर्यटक आगमनमा समेत ठूलो कमी आएको हो ।

गतवर्ष २०१९ को तुलनामा यस वर्षको १० महिना अवधिमा बाह्य पर्यटक आगमन करिब ७७ दशमलव ७४ प्रतिशतले घटेको छ । कोभिडकै बीच सन् २०२० को १० महिनामा नेपालमा २ लाख १८ हजार १७३ जना पर्यटक भित्रिएका छन्, जब कि गत वर्षको सोही अवधिमा ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपाल पर्यटन बोर्डका अनुसार कोरोना महामारी शुरू भएको तीन महिनामा उल्लेख्य पर्यटक आएकोमा त्यसपछिका महिनामा भने पर्यटक आगमन न्यून रहेको छ । बोर्डद्वारा सार्वजनिक अध्यागमन विभागको तथ्यांकले सन् २०२० को जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा १ लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ जना पर्यटक नेपाल आएको देखाएको छ ।

यसैगरी अप्रिलमा १३ जना, मेमा ३० जना, जुनमा १०० जना, जुलाईमा १९५ जना, अगस्टमा २६८ जना, सेप्टेम्बरमा ५८२ जना र अक्टोबरमा १८७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)