काठमाडौँ – हाई लाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । आज काठमाडौँमा आयोजित हाई लाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाई लाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरे ।
कम्पनीका अनुसार हाई लाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दैहाइलाइफ फूड्सले नयाँ प्रडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीका लागि पनि उपयुक्त हुने जनाइएको छ ।
लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरको भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाई लाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्त्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
अध्यक्ष पौडेलले भने, “आजसम्म हाई लाइफले एफएमसिजी अन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन् ।” अब हामीले आम उपभोक्ताको मागका आधारमा बासमती चामल ल्याएको उनको भनाइ छ ।
उनले कम्पनीलाई आजका दिनसम्म ठुलो आरोह-अवरोह ब्यहोरेको उल्लेख गर्दै अब एफएमसिजीमा नयाँ ढङ्गले लैजाने र उपभोक्ताको पहिलो रोजाइको कम्पनी बनाउने योजनाका साथ अगाडि बढाइरहेको उनको भनाइ छ ।
हाई लाइफ फूड्सका प्रबन्ध निर्देशक पङ्कज ज्ञवालीले भने, “प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।’’ उनका अनुसार हाई लाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्य प्रवर्द्धक समेत छ ।
पछिल्लो समय हाई लाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिँदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगार सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिँदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ ।
गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ ।उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहकार्य, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् ।दीर्घकालीन विश्वसनीयता र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ ।
हाल हाई लाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपर मार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबिचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ ।हाई लाइफको चामल एक किलो,पाँच किलो र २० किलोमा बजारमाउपलब्ध हुने छ ।
हाई लाइफ फूड्स विगतदेखि नै चिउरा, कर्नफ्लेक्स, चोको प्लस, सोयाबिन, ओट्स, आटा, चियापत्ती, बेसन र अन्य स्वास्थ्यकर खाद्यवस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ ।
