शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अर्को सातादेखि आइएमको फुल साइज एसयूभीकाे प्रि-सेल


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १२, २०८२
  • 200
    SHARES

काठमाडौँ –  चिनियाँ अटो मोबाइल ग्रुप एसएआइसीको न्यू इनर्जी भेहिकल ब्रान्ड आइएम मोटर्सले फुल साइज एसयूभी एलएस ९ को आगामी साता (नोभेम्बर ४)देखि प्रिसेल सुरु हुने भएको छ ।

६ सिटे रेन्ज एक्सटेन्डर प्रविधिको यो ठुलो एसयूभीको इलेक्ट्रीक मात्रको रेन्ज ४०२ किलोमिटरको हुने सीएलटीसीले प्रमाणित गरेको छ ।

आइएम मोटर्सले यो एसयूभीमा लिजार्ड डिजिटल च्यासिस ३.० प्रविधिको प्रयोग गरेको छ । यो एसयूभीको सबै सिरीजमा स्ट्याण्डर्ड फिचरको रूपमा ५२० लाइन लाइडार टेक्नलोजी रहेको छ ।

आइएमको एलइएस ९ स्क्वायर्ड डिजाइनमा बनेको एसयूभी हो । यसको फ्रन्टमा एल सेपको हेडलाइट, हिडन डोरह्याण्डल, २० देखि २२ इन्चसम्मको ह्वील आदि रहेको छ ।

 

यो एसयूभीको लम्बाइ ५२३९ एमएम, चौडाइ २००० एमएम, उचाइ १८०६ एमएमको र ३१६० एमएमको ह्वीलबेस रहेको छ ।

यो एसयूभीमा आइएम मोटर्सको स्टेलर ईआरईभी सिस्टम रहेको छ । यो एसयूभीमा ड्युल इलेक्ट्रीक मोटर दिएको छ भने पावर जेनेटरको रूपमा १.५ लिटरको टर्बो चार्ज्ड इन्जिन दिएको छ ।

सीएटीएलको ६५.९ किलोवाट आवरको ८०० भोल्ट फ्रिभोई सुपरहाइब्रिड ब्याट्री प्रयोग गरिएको छ । यो एसयूभीको इलेक्ट्रीक रेन्ज ४०२ किलोमिटरको रहेको छ । यो एसयूभीले मात्र २.८१ लिटर फ्युल कन्जप्सनमा १०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

६० लिटरको फ्युल ट्याङ्क रहेको यो एसयूभीलाई एकपटकमा १५०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)