आइतवार, अशोज १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साढे १२ अंकले घट्यो शेयर बजार


  • माउन्टेन खबर
  • आइतवार, मंसिर २९, २०८२
  • 190
    SHARES

काठमाडौँ –  आईतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको हो । नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ । दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

 

बजार बन्द हुँदा ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३३० वटा कम्पनी कारोबारमा आउँदा ६० हजार ६९९ पटक शेयर किनबेच भएको थियो ।

आज २ वटा कम्पनीको शेयर मूल्यमा मात्र सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूहमध्ये वाणिज्य बैंक र म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)