आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वीरगञ्जको कर्फ्यु हट्यो, जनजीवन सामान्य हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २२, २०८२
  • 176
    SHARES

वीरगञ्ज- जिल्ला प्रशासन कार्यालय पर्साले सर्वपक्षीय सहमति लगत्तै कर्फ्यु हटाएकाे छ ।

आइतबारबाट जरी तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठकमा ५ बुँदे सहमति बनेसँगै कर्फ्यु आदेश हटेको हो ।

कर्फ्यु हटेपछि वीरगञ्जकाे जनजीवन सामान्य बनेकाे छ । सवारीसाधन चल्न थालेका छन भने पसलहरु खुल्न थालेका छन् ।

धनुषामा भएकाे मस्जिद तोडफोड तथा वैदेशिक राेजगारीमा रहेका युवाले सामाजिक सञ्जालकाे दुरुपयाेग गरेर हिंसा भड्काएकाे घटनालाई लिएर उत्पन्न वीरगञ्जकाे परिस्थिति शान्ति कायम गर्ने सर्वपक्षीय सहमति भएकाे हाे ।

बैठकमा सहभागी दुवै पक्षले अन्य मुलुक वा स्थानमा भएका घटना/दुर्घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन-आन्दोलन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यदि पीडित पक्षले प्रदर्शन गर्नै परेमा प्रमुख जिल्ला अधिकारी (CDO) को अग्रिम अनुमति लिई CDO समक्ष ज्ञापनपत्र बुझाएपछि मात्र आन्दोलन वा विरोधका कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् ।

 

 

त्यस्तै भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक तथा सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाही सिफारिस गर्नका लागि जिल्ला स्थित क्रियाशील राजनीतिक दल, विभिन्न धार्मिक समुदायका अगुवा सम्मिलित स्थायी सद्भाव संयन्त्र गठन गर्ने जसमा धार्मिक समुदायबाट आवश्यकताअनुसार प्रतिनिधि, प्रत्येक दलबाट १/१ जना प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि रहनेछन् ।

सबै सञ्चारमाध्यमहरुलाई धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयमित र जिम्मेवार समाचार सम्प्रेषण गर्न अनुरोध गर्ने, धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव विथोल्ने समूह वा आन्दोलन लाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने साथै सबै पक्ष वा समुदायले आफ्ना समुदायभित्रका व्यक्तिलाई अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रेरित गर्ने सहमति पनि भएको छ ।

हिन्दु र मुस्लिम समुदायका अगुवाहरू सम्मिलित सर्वपक्षीय बैठकमा जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता थियो ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)