मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिकेन एलपी ग्यास


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 1.5K
    SHARES

चितवन,एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्यास उद्योग छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका दुई सय ५० बुलेट खाली गर्न सकिएको छैन । लकडाउनको समयमा ग्यासको अभाव हुन नदिन भन्दै १२ दिनसम्म आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिएको थियो । एक सिलिन्डरमा १४ दशमलब दुई किलो ग्यास हुने भए पनि सात दशमलब एक किलो ग्यासमात्र बिक्री गरिएको थियो ।

भण्डारीको भनाइमा झण्डै १० लाख सिलिन्डर आधा मात्रै भरेर ग्राहककामा पठाइएको छ । खपतसमेत आधा घटेकाले ग्यास बिक्री हुन नसकेका हो । उहाँका अनुसार यसैले गर्दा ग्राहककामा सिलिन्डर खाली नहँुदा ग्यास बिक्री हुन नसकेको हो ।

बाबा, श्री र लुम्बीनी गरी तीन उद्योग सञ्चालन गर्दै आउनुभएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकिएको छैन ।

चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेर राखेका छन् । ९६ घण्टाभन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्कसमेत तिर्नुपर्ने उनले बताए।

नेपालमा सामान्य अवस्थामा दैनिक एक लाखवटा सिलिन्डर बिक्री हुने गर्दछ । लकडाउनको हल्लासँगै धेरैले सिलिन्डर भरेर राखेको र सभा सम्मेलन एवं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाइ छ ।

नेपालका ग्यास उद्योगमा रु १५ करोडदेखि दुई सय करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्यासका सञ्चालकसमेत रहनुभएका भण्डारीले आउँदा दिनमा ग्यास कतिको सहज हुन्छ अहिले नै भन्न नसकिने भएकाले उपभोक्ताकामा खाली सिलिन्डर भए भरेर राख्न अनुरोध गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)