शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिवद्ध छ : अर्थमन्त्री डा. वाग्ले


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३, २०८३
  • 200
    SHARES

काठमाडाैँ – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीवार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को वैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाअनुसार नै गरिने स्पष्ट पार्नुभयो ।

 

उहाँकाअनुसार बाहिर केही वृत्तमा सरकार प्रचण्ड बहुमतका आधारमा संविधान नै परिवर्तन गर्ने वा हटाउने आशंका व्यक्त भइरहेका छन्, तर त्यो धारणा सही नभएको उहाँले बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले चित्त नबुझेका विषयहरू संविधानभित्रै रहेका प्रावधानअनुसार संशोधन गरिने नीति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको संविधान धारा २७४ ले संविधान संशोधनको स्पष्ट विधि तय गरेको र नेपालको संविधान धारा २७५ ले जनमतसंग्रहसम्बन्धी विषयलाई सम्बोधन गरेको बताउनु भयो ।  यी दुवै संवैधानिक खुड्किलामै टेकेर वर्तमान सरकार अघि बढ्ने उहाँको भनाइ छ ।

उहाँले संघीय संरचना, प्रदेश सरकार, स्थानीय तहको संख्या, आकार तथा क्षमताजस्ता विषयमा पनि संविधानको फ्रेमभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने स्पष्ट पार्नुभयो ।

सरकारले संवैधानिक सीमाभित्रै रहेर आवश्यक सुधार र परिमार्जन गर्दै जाने नीति लिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)