बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको महाधिवेशन असार ६ देखि ८ सम्म चितवनमा गर्ने निर्णय


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 121
    SHARES

काठमाडाैँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको प्रथम महाधिवेशन आगामी असार ६, ७ र ८ गते चितवनमा गर्ने निर्णय गरेको छ।

बैठकले संगठनात्मक विस्तार, नीति–कार्यक्रमको सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिसम्बन्धी तयारीलाई समेत प्राथमिकतामा राख्दै महाधिवेशनको मिति र स्थान तय गरेको हो।

चितवनमा हुने उक्त महाधिवेशनलाई पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनका रूपमा लिइएको छ। महाधिवेशनमार्फत पार्टी नेतृत्व, नीति तथा आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।

पार्टीका नेताहरूका अनुसार महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)