बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि विपक्षीको अवरोध, बैठक पुनः १५ मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 91
    SHARES

काठमाडौँ– प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सदनमा उपस्थिति र जवाफको माग गर्दै बैठक अवरुद्ध गरेपछि कार्यवाही अघि बढ्न सकेन ।

कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराई समसामयिक विषयमा जवाफ दिनुपर्ने भन्दै सभामुखलाई रुलिङ गर्न माग गरेको थियो । सोही माग दोहोरिएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।

अवरोध कायमै रहेपछि सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका थिए । यसअघि पनि सोही मागका कारण पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

लगातार दुई बैठकमा विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको कार्यसूची प्रभावित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)