बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार: विद्यादेवी भण्डारी


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३, २०८३
  • 97
    SHARES

काठमाडौँ –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन्। आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्।

स्मृति सभामा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई सङ्गठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याएको उल्लेख गरिन्। राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय भएको र यो सधैँ जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई उनीहरूले अझ गहिरो गरी स्थापित गरेको उनको भनाइ थियो।

भण्डारीले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको ‘जबज’ लाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको स्पष्ट पारिन्। यस विचारले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई सही दिशा निर्देश गर्दै नेकपा एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कुरामा समेत उनले विशेष जोड दिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)