आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको बैठक जेठ ११ गते आह्वान गर्न सिफारिस


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ७, २०८३
  • 190
    SHARES

काठमाडौँ – बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

 

 

सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए।

सो बैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन पदमा डा त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डन डा. नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)