बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी ,बैठक २० मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 125
    SHARES

काठमाडौं –  प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । सोमबार राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै विभिन्न दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उठेर विरोध जनाएका छन्।

 

 

 

उनीहरूले प्रधानमन्त्रीले सीमाका विषयमा दिएको अभिव्यक्तिकाबारे स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका छन्। राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बिना सूचना प्रतिनिधिसभामा उपस्थित भएर दिएको अभिव्यक्ति नियोजित भएको हुनसक्ने आशंका व्यक्त गरिन्। सीमामा रहेका नागरिकहरूले आफ्नो भूमि जोगाइरहेको अवस्थामा प्रधानमन्त्री नै नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति देशको हितमा नरहेको उनले बताइन्।

देशको सीमाका बोरमा बोल्न नसक्ने प्रधानमन्त्रीले देशको राष्ट्रियता जोगाउन सक्ने भन्ने अपेक्षा नरहेको उनको भनाइ छ । राष्ट्रियसभाका प्राय सबै सदस्यहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)