बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 104
    SHARES

काठमाडाैँ –  प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सोमबार बसेको दोस्रो बैठकमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । लगातारको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले कार्य सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो ।

सभामुख अर्यालले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी दिँदै सदन सञ्चालनमा सहजीकरण गर्न पुनः अनुरोध गर्नुभएको थियो । तर, विरोध कायमै रहेपछि संसद् बैठकलाई नियमित रूपमा अघि बढाउन नसकिने अवस्था बनेको हो ।

त्यसपछि सभामुखले संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूबारे छानबिन समिति गठन गरिएको जानकारी गराउँदै बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)